TodayPati

प्रदेश २ मा काँग्रेसको मनोनयन दर्ता स्थगित

टुडेपाटी–
जनकपुरधाम, मंसिर १७ गते ।

नेपाली काँग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रवारको लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिष्ट्रेशन संयोजकले जनाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको संयोजनक विशेश्वर यादवले जानकारी दिए ।

Sponsored

आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म ४ वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नाम आएको छैन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *