TodayPati

जनकपुरमा बालिकालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।

बालिकालाई जनकपुरको एक होटेलमा तीनदिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

धनुषाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

पक्राउ परेकामध्ये जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको उजले बताए ।

आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानीआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् ।

Sponsored

उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् ।

बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *