विवाहपञ्चमी महोत्सवको समग्र तैयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन
टुडेपाटी–
जनकपुरधाम, मंसिर १५ गते ।
विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरोकारबला निकायहरुलाई निर्देशन दिएका छन् ।
बुधबार प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका , जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राउतले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरि दिने प्रतिवद्धता जनाए ।
विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन् ।
बैठक अर्थ उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो , अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रंजितकार, सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको सहभागिता रहेको थियो ।
Sponsored