TodayPati

जसपाको मधेश प्रदेश समिति गठन

टुडेपाटी–
जनकपुरधाम, मंसिर १५ गते ।

जनता समाजवादी पार्टीले रामबाबु यादवको नेतृत्वमा मधेश प्रदेश समिति घोषणा गरेको छ ।

बुधबार जनकपुरधाममा प्रदेश समितिका पूर्व अध्यक्ष विजय कुमार यादवले रामबाबुको नेतृत्वमा ११ सदस्यी समिति घोषणा गरेका हुन् ।

Sponsored

समितिमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्यसचिव, ३ सचिव र एक कोषाध्यक्षको नाम घोषणा गरिएको हो ।

उपाध्यक्ष पदमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् भने मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा त्रय युसुफ अलि, निरा साह र शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रिय कार्यकारिणी सिमति सदस्य समेत रहेका मन्त्री विजयकुमार यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *