पठनपाठन प्रभावकारी नभएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध
टुडेपाटी-
वीरगञ्ज, मंसिर १३ गते ।
पठन पाठनमा प्रभावकारी ढंगले नभएको भन्दै वीरगञ्जमा विद्यार्थीले सडकमा उत्रेका छन् ।
वीरगन्ज महानगरपालिका १८ सुखचैनामा रहेको श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी सोमबार राजमार्ग नै अवरुद्ध गरेका छन् ।
विद्यालयका शिक्षक नियमित रूपमा विद्यालयमा नआएको, विद्यालयका विद्यार्थीको समस्यामा विद्यालय व्यवस्थापन समितिले वास्ता नगरेको, शिक्षक विद्यालयमा नआउँदा पढाइ अवरुद्ध हुँदै आएको भन्दै विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका हुन्।
सोमबार बिहान ११ बजेदेखि विद्यार्थीहरु परवानीपुर चोकमा त्रिभुवन राजमार्ग अवरुद्ध गरेका थिए ।
विगत लामो सयमदेखि विद्यार्थी विद्यालय जाँदै गरे पनि शिक्षक विद्यालय नआएपछि कक्षा नै नगरी फर्कन बाध्य भएकाले आन्दोलनमा उत्रिनु परेको असगरले गुनासो गरे ।
Sponsored
आन्दोलित विद्यार्थीले टायर बालेर प्रदर्शनसमेत गरेका प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक लक्ष्मीनारायण सिंहले जानकारी दिए।