TodayPati

औषधिजन्य रसायनको अनुसन्धानमा योगदान दिएवापत प्रा.डा. यादवलाई रसायनशास्त्र पुरस्कार

टुडेपाटी–
काठमाडौँ, मंसिर १३ गते ।

औषधिजन्य रसायनको अनुसन्धानमा योगदान दिएवापत प्रा. डा. पारसनाथ यादव ‘प्रा.डा.छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’बाट सम्मानित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्रा. यादवलाई औषधिजन्य रसायनको अनुसन्धानमा योगदान पु¥याएबापत रसायनशास्त्र केन्द्रीय विभागको आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा सम्मानित गरिएको हो । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले पुरस्कार वितरण गरेका थिए।

Sponsored

डा. यादवको अनुसन्धान ‘अर्गानोमेटालिक्स’ नामक रसायनले क्यान्सर कोषिकामा पार्ने असरमा केन्द्रित छ । पाठ्यक्रम विकास केन्द्र त्रिविका कार्यकारी निर्देशकसमेत रहेका यादव यस वर्ष पुरस्कारका लागि १८ आवेदकहरूमध्ये ज्येष्ठतामा पनि अगाडि थिए ।

प्रा. यादवको ९ वटा शोधलेख सन् २०२१ मा मात्रै जर्नलमा प्रकाशित छन् ।

मुल्यांकन समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र बस्नेतले प्रा.डा. छविलाल गजुरेल स्वयं ‘अर्गानिक केमेस्ट्री’का प्राध्यापक रहेकाले उनको औषधिजन्य रसायनमा आधारित अनुसन्धानलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए । उनले ०४६ देखि हालसम्म ३२ वर्ष औषधिजन्य रसायनमा आधारित रहेर अनुसन्धान गरेका छन् ।

Sponsored

रसायनशास्त्रको अनुसन्धानमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष ५० हजार राशिको पुरस्कार प्रदान गरिँदै आइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *