बोक्सीको आरोप, जातीय विभेद लगायतको घटना बढेपछि महोत्तरीमा प्रहरीलाई प्रशिक्षण
टुडेपाटी–
जनकपुरधाम, मंसिर १० गते ।
महोत्तरीमा जिल्लाको विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा कार्यालयका इन्चार्जहरुका लागि आयोजना गरिएको एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा जिप्रका महोत्तरी र सो मातहतका प्रहरी कार्यालयहरुका ईन्चार्जहरु सहित ४० जना प्रहरी कर्मचारीको उपस्थितिमा अनुशिक्षण कार्यक्रम गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
पछिल्लो समय जिल्लामा बढ्दै गएको बोक्सीको आरोप सम्बन्धि घटना, जातीय विभेद, छुवाछुत, अमानविय व्यवहार, महिला हिंसा लगायतको घटना सम्बन्धित कानुनी प्रावधान, दण्ड सजायको बारेमा जानकारी गराइएको हो ।
जिल्लामा पछिल्लो समय घट्दै गएको घटनाहरुको रोकथाम गर्नका लागी स्थानीय स्तरमा प्रहरीले खेल्नुपर्ने बिशेष भुमिका, समन्वय गर्नु पर्ने सरोकारवाला पक्षहरु, सञ्चालन गर्नु पर्ने जनचेतनामुलक कार्यक्रमहरु तथा यस्ता अपराधीक घटनाहरु घटेमा उद्धार, सुरक्षा, अनुसन्धान तथा कडाईका साथ प्रचलीत कानुनको कार्यान्वयन गर्ने लगायतको उदेश्य सहित प्रशिक्षण दिइएको हो ।
जिल्लाका प्रहरी प्रवक्ता विष्ट र प्रहरी निरीक्षक विक्रम साहले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् ।
Sponsored