TodayPati

लुम्बिनीबाट सुरु भयो जनमत पार्टीको ‘जनमत माटो यात्रा’

टुडेपाटी–
बुटवल, मंसिर १० गते ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरू गरेको छ । शुक्रवार शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसहित लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरू गरेको हो ।

लुम्बिनी परिसरको माटो स्थानीय नेताहरूले अध्यक्ष राउतलाई हस्तान्तरण गरी जनमत माटो यात्राको शुभारम्भ गरेका हुन् ।

Sponsored

हरेक स्थानीय तहको माटो जम्मा गरेर एउटा पवित्र उद्यान बनाउने पार्टीको अभियान स्वरूप जनमत माटो यात्रा सुरू गरिएको राउतले बताए ।

अध्यक्ष राउतले मुलुकलाई शान्ति र एकतासहित जोड्नका लागि यस्तो अभियान सुरू गरिएको बताए । सबै स्थानीय तहको ऐतिहासिकता झल्कने गरी एकै स्थानमा उद्यान बनाउने योजना रहेको उनले बताए।

उद्यान कहाँ बनाउने भन्नेबारे भने अझै निर्णय भएको छैन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *