TodayPati

प्रगतिशील ईन्जिनियर समूहले जनकपुरमा गरे उम्मेदवार परिचयात्मक कार्यक्रम

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

नेपाल ईन्जिनियर्स एशोसिएशनको ३३ औं केन्द्रिय कार्यकारिणी समिती र दोश्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहले जनकपुरमा उम्मेदबार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रगतिशील ईन्जिनियर समुहका प्रदेश २ का सभापतिका प्रत्यासि उम्मेदवार इन्जिनियर राजेश यादवको अध्यक्षता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोेको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दिपक यादवको विशिष्ठ आतिथ्यतामा उम्मेदवारहरुको चुनावलाई लक्षित गरि उम्मेदवारहरुविच परिचयात्मक तथा छलफल कार्यक्रम गरेको हो ।

Sponsored

प्रगतिशिल ईन्जिनियर समूहमा नेकपा माओवादी पार्टी निकट नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, नेकपा एस पार्टी निकट समाजवादी ईन्जिनियर एशोसिएशन नेपाल र जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर्स समाजविच चुनावी तालमेल रहेको छ ।

ईन्जिनियर एकता, पेशागत सुरक्षा तथा मर्यादाको सुनिश्चितता प्रगतिशील ईन्जिनियर समुहको प्रतिवद्धता मूल नाराका साथ तीनवटै संस्थाबाट प्रगतिशील ईन्जिनियर समूह निमार्ण गरि साझा उम्मेदवार तय गरेका छन् ।

नेपाल ईन्जिनियर्स एसोशिएशनको दाश्रो प्रादेशिक कार्यसमितीको लागि साझा उम्मेदवारमा प्रदेश २ का लागि सभापतिमा ई।राजेश यादव, केन्द्रिय सदस्यमा ई।संजय कुमार यादव, प्रदेश २ उपसभापतिमा ई.कार्तिकेश झा, सचिवमा ई।रामनारायणा यादव, सहसचिवमा ई।राजिव साह र कोषाध्यक्षमा ई।अञ्जुकुमारी यादवलाई उम्मेदवार छन् ।

Sponsored

प्रदेश २ समितीका लागि सदस्यहरुमाा ई.जितेन्द्रकुमार यादव, ई.रविकुमार पटेल, ई.दयानन्द साह, ई.विशाल कुमार झा, ई.सोनाली ठाकुर,ई.प्रविण कुमार यादव, ई।कुन्दन कुमार ठाकुर, ई.अमित कुमार यादव, ई.प्रदिप कुमार यादव र ई.रोशनी कुमारी झा रहेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *