एमालेको महाधविशन आजदेखि चितवनमा सुरु हुँदै
टुडेपाटी-
चितवन, मंसिर १० गते ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
चितवनको नारायणी किनारमा अधिवेशनको आज उद्घाटन समारोह हुने छ । बन्दसत्र भोलिदेखि सौराहको सेभेन स्टार होटलमा गरिने कार्यक्रम तय भएको जनाएको छ ।
त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ ।
उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।
Sponsored
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।
महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
एमाले उद्घाटन सत्रमा ५ लाख जनाको सहभागिता हुने अपेक्षा गरेको छ । महाधिवेशनमा सहभागि हुन देशभरिका जिल्लाहरुबाट लाखौं नेताकार्यकर्ता चितवन पुग्ने क्रम जारी छ ।