झण्डै डेढ महिनादेखि बेपता भएका हनुमानी राम मोची अझै फेला परेनन्
शुभ नारायण यादव
सप्तरी, मसिंर ८ गते ।
सप्तरीको महदेवा गाउपालिका वडा न.१ बलथिबाट बेपता भएका एक पुरुष अझै फेला परेका छैनन् ।
५५ बर्षिय हनुमानी राम मोची गत असोज १७ गतेका दिन व्यापारका लागि छिमेकी राष्ट्र भारतको सुपोल जिल्ला अन्तरगत कुनोली बजार गएको तथा हाल सम्म मोचीको कुनै अतो पतो नरहेको उनका परिवारजनले बताएका छन् ।
समान्य व्यापार गर्दै आएका मोचि भारतको कुनोली बजार गएको तथा हालसम्म फर्केर घर नआएको उनका आफन्त रामअशिष राम मोचीले जानकारी दिए ।
मोची अहिले सम्म कहाँ छन् कस्तो अवस्थामा छ ,त्यसको कुने अतो पतो नहरेको पिडितका परिवारजनले जानकारी दिएका छन् ।
यसैबिच पिडितका आफन्तले बेपता मोचीको खोजिका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलाशको लागि उजुरी दिएका छन् ।
Sponsored
प्रहरीले बेपता अथवा हराएको मोचीको खोजि कार्य तिव्र रुपमा गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।