प्रदेश २ को प्रदेशसभा बैठक मंसिर २९ गते बोलाइयो
टुडेपाटी–
जनकपुरधाम, मंसिर ८ गते ।
प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेको लागि बोलाइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाका सचिव रञ्जित यादवले मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
यसअघि प्रदेशसभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।