TodayPati

उच्च अदालत जनकपुर अगाडी कानून व्यवासयीको धर्नासहित विरोधसभा

टुडेपाटी–
जनकपुरधाम, मंसिर ८ गते ।

उच्च अदालत जनकपुर अगाडी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजिनामाको माग गर्दै कानून व्यवसायीहरुले धर्ना दिएका छन् । अदालतको मुल ढोका अवरुद्ध गर्दै कानून व्यवसायीहरुले धर्नासहित विरोधसभा गरेका छन् ।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा कानून व्यवसायीहरु विगत तीन दिन देखि उच्च अदालतको मुल ढोका अवरुद्ध गर्दै धर्नामा बस्दै आएका हुन् ।

Sponsored

जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिका प्रति प्रधानन्यायधीशको कारण धुल्मिलिएको र न्यायलयले विश्वास गुमाएका भन्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले राजिनामा दिनुपर्ने बताए ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने आफुहरुको एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बसेको जानकारी दिए ।

प्रधानन्यायधीशले आफ्नो स्वार्थपूर्तीका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासंग सम्झौता गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले आरोप लगाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *