धनुषामा साधुबाट ३ वर्षीया बालिका बलात्कृत, साधु पक्राउ
टुडेपाटी-
जनकपुरधाम, मंसिर ३ गते ।
धनुषामा ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक साधु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३र४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी राम रहेको प्रहरीले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई साधुले बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
प्रहरी निरिक्षक तिलक सुनारका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती करणी गरेको पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका छन् ।
उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
Sponsored
उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।