सप्तरीको छिन्नमस्ता गाउपालिकाका सबै विद्यालय अनिश्चितका लागि बन्द
शुभ नारायण यादव–
सप्तरी , मंसिर ४ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द भएको छ ।
गाउँपालिका विरुद्ध आन्दोलनरत कर्मचारीहरुको समर्थन गर्दै शिक्षकहरु पनि आन्दोलित भएपछि विद्यालय बन्द भएको हो ।
कर्मचारीहरुले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् ।
सबै सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरु अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा-उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयको लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग कर्मचारीहरु राखेर आन्दोलित भएका हुन् ।
Sponsored
सोही आन्दोलनको समर्थनमा शिक्षकहरु आन्दोलिन हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दिपक मेहताले बताए ।
उनका अनुसार गाउँपालिकामा १९ वटा विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।