TodayPati

रौतहटमा नालामा डुबेर ३ वर्षीय बालकको ज्यान गयो

टुडेपाटी-
रौतहट, मंसिर २ गते ।

रौतहटमा नालामा डुबेर एक बालकको ज्यान गएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका ७ बस्ने अमोध पासवानका ३ वर्षीय छोरा कुश पासवानको नालामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Sponsored

बुधवार दिउँसो बालकको नालामा डुबेर मृत्यु भएको हो ।

परिवारजनाका अनुसार आमाबुवाले काममा व्यस्त भएको बेला बेलामा अचानक बालकले खेल्दा खेल्दै नालाखमा खसेर डुबेका हुन् ।

घटना बारे थप्प अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *