कोरोनाबाट बच्न युवा साहले बाँडे मास्क
टुडेपाटी-
जनकपुरधाम,चैत १९ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न धनुषाको कमला नगरपालिकामा एक स्थानीय युवाले मास्क वितरण गरेका छन् ।
कमला नगरपालिका ७ जागीरटोल र हथमुन्डाको लवकाटोलमा अति विपन्न मुसहर समुदायमा समाजवादी युवा संघ नगर समितिका अध्यक्ष रामकुमार साहले सामाजिक दूरीलाई मध्यनजर गर्दै ३ सय जनालाई मास्क बाँडेका छन् ।
यस संकटको घडीमा अध्यक्ष साहले मास्क लिनेहरुलाई सेनिटाइजरले हाथ सफा गराई दुई मिटरको सामाजिक दूरी कायम गरि मास्क वितरण गरे ।
उनले सो समुदायमा जनचेतना जगाई जनसमुदायमा कोरोनाको महामारी फैलिन नदिनका लागि सबैलाई सचेत समेत गराए । मास्क वितरण कार्यक्रममा समाजवादी पार्टीका नेता सामाजसेवी छठु मण्डल,कैलु यादव,सत्रुधन साह,नगर युवा समितिका सदस्य नागिन्द्र यादव लागायतकाहरुको उपस्थिति रहेको थियो ।
साथै वडा नम्बर(७ स्थित सिङ्गयाहाका स्थानीयबासीलाई लकडाउनको पालना गर्न समेत आग्रह गरिएको थियो ।
Sponsored