TodayPati

वीरगञ्जमा नामावली संकलन गर्दा दुई पक्षबीच कुटाकुट, १९ जना घाइते

टुडेपाटी-
वीरगञ्ज, चैत १९ गते ।
कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् ।

उक्त कुटाकुटमा महिला बालबालिकासहित १९ जना घाइते भएको वडाध्यक्ष तिवारीले जानकारी दिए । उनले भने घाइतेलाई भएकाहरुलाई नारायणी अस्पतालमा उपचारको लागि पठाइएको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वडामा राहत वितरण गर्नको लागि नाम संकलन गर्न सर्वपक्षिय बैठकलबाट समिति बनाइएको थियो ।

Sponsored

उक्त समितिले वडामा भएको केहुनिया र बरवा गाउँमा लकडाउनका कारण समस्यामा परेकाहरुको नामावली संकलन गरेर राहतको लागि सिफरिस गर्ने वडाध्यक्ष तिवारीको भनाइ छ ।

वडामा दुईवटा गाउँ भएकोले छुटाछुटै दुई वटा समिति पनि बनाइएको थियो । सोही समितिका पदाधिकारीहरु नामावली संकलन गर्न गाउँमा पुगेको बेला कुटाकुट भएको छ । तर नाम संकलन गर्दागर्दै अचानक दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष तिवारीले जनाकारी दिए ।

मंगलबार वीरगञ्ज महानगरपालिकाले बोर्ड बैठकबाट निर्णय गरेर लकडाउनबाट प्रभावित महानगरका गरिब तथा अति विपन्नहरुलाई राहत वितरण गर्ने निर्णग महानगरपालिकाले गरेको थियो ।

Sponsored

महानगरमा रहेका ३२ वटै वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि महानगरपालिकाले एक करोड बजेट छुटयाएको महानरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

राहत वितरण गर्नको लागि नाम संकलन गर्न जाँदा कुटाकुट हुनु दुःखद खबर छ । घटनामा संलग्नलाई जो कोहीलाई कारबाही गरिने मेयर सरावगीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *