सर्लाहीमा दुई वडासदस्य डेढ लाख घुस सहित अख्तियारको फन्दामा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।
सर्लाहीमा डेल लाख घुस सहित दुई वडासदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिले गरेको काम सम्पन्न भएको सिफारिस वापत दुई वडा सदस्यले डेल लाख घुस माग गरेका थिए ।
अख्तियारको टोलीले ईश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
दुवैजनालाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जनाएको छ ।