प्रदेश २ सरकारले छोरीलाई बाड्न गरेको साईकल खरिदमा भ्रष्टाचार : अख्तियार
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।
प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सनपकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका छन् ।
जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने ‘ साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ । दोश्रो चरणको अनुसन्धान सुरु भएको छ । त्यसमा पनि भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी उपर भ्रष्टाचार विरुद्ध मुद्दा दायर हुन्छ ।
गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान अायोगको टोलिले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो ।
जस्को प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो ।
Sponsored