रौतहटमा विषबाट दुई बालकको मृत्यु
टुडेपाटी-
रौतहट, कार्तिक २९ गते ।
रौतहटमा एकै परिवारका दुई बालकको विषबाट मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको विषबाट मृत्यु भएको हो ।
दुबै बालकको शनिबार उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवै बालकको रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाएर हत्या गरेको परिवारजनको आरोप छ ।
घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
Sponsored
उनले बालकहरुको विषकै कारण मृत्यु भएको बताउँदै अनुसन्धान गरिरहेको बताए ।