TodayPati

न्यायालयको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ : अध्यक्ष यादव

टुडेपाटी–
मोरङ, कार्तिक २७ गते ।


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने बताएका छन् ।


शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।

Sponsored

उनले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने बताए । यसमाथि राजनीतिक हस्तक्षेप रहँदा त्यसको नकारात्मक असर पर्ने भएकोले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न नमिल्ने बताए ।


अध्यक्ष यादवले सत्ता साझेदार दलको गठबन्धनमा कुनै समस्या नरहेको भन्दै उनले पाँच दलबीचको गठबन्धन आउँदो संसदीय निर्वाचनसम्म एकढिक्का भएर रहने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *