TodayPati

जनकपुरधामको देवपुरा रुपैठामा निषेधाज्ञा

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २७ गते ।

जनकपुरधामको केही भागमा निषेधाज्ञा जारी गरिएको छ ।

आज केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

Sponsored


स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, प्याली, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी आज दिउँसो २:०० बजे देखि भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।


स्थानीय प्रशासनले पुर्वमा जलाद नदीको कल्टी बांध पश्चिममा जनकपुर जटही मार्ग दोबाटो उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो
र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *