TodayPati

अध्यक्ष दाहाल अस्पताल भर्ना

टुडेपाटी–
काठमाडौं, कार्तिक २७ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

दाहाल रक्तचाप बढेपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

Sponsored

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको प्रचण्डकी छोरी गंगा दाहाल जनाएकी छिन् ।

अध्यक्ष दाहालको अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।
यस अघि स्वास्थ्य समस्याका कारण महोत्तरीको रामगोपालपुरका लागि निर्धारित कार्यक्रम स्थगित गरिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *