TodayPati

कोरोनाबारे अनभिज्ञ धनुषाका मुसहर समुदायले मास्क पाएपछि ……

टुडेपाटी
जनकपुरधाम, चैत १९ गते ।

समाजिक तथा आर्थिक रुपमा पछाडि परेको मुसहर समुदायलाई कोरोना (कोभिड–१९) संक्रमणबाट बच्न मास्क, साबुन तथा खाद्यान्न सामग्री वितरण गरिएको छ ।

कोरोना संक्रमण बारे अनभिज्ञ रहेको मधेशी दलित मध्ये असाध्यै पछि परेको धनुषाको सबैला नगरपालिका १२ बरकुर्वाका मुसहर समुदायलाई भोर नाम संस्थाले मास्क, साबुन र खाद्यान्न सामग्री वितरण गरेको हो ।
सबैला नगरपालिका १२ बरकुर्वाका ७२ बर्षीय बृद्ध अनारो देवी सदायको घरमा दुईदिन देखि खाना नपाकेको सुनाउँदै भनिन, ‘कोरोना बारे सुनेको छु, तर हामीलाई थाहा छैन, हाम्रो बालबच्चा दुईदिन देखि खान पाएको छैन, छोराहरु कोरोनाले काम गर्न नगएको भन्छन, खै कस्तो बिमारी हो, मलाई थाहा छैन् ।’

Sponsored

भाईरसको संक्रमणबाट मर्नु अघि भोकले मर्ने चिन्ता छ, सोही बस्तिका रामझुलन सदाले भेन, ‘घरमा भएको जति चामल सकियो, अन्नको एक थोपापनि छैन, छोराहरु आजकाल काममा समेत जादैन, हाम्रो परिवारको विजोग भो ।’

कोरोना (कोभिड–१९) बारे अनभिज्ञ रहेका दलित बस्तिका मुसहरलाई कारोनाबाट बच्न सचेतना सहित मास्क र साबुन तथा खाद्यान्न वितरण गरिएको भोरका अध्यक्ष रामजकुमार महतोले जनाए । अन्नपूर्णकर्मीको प्रश्नमा ३० वर्षिय रामखेलावन अकमकाउदै कसैले आफुहरुलाई काम गर्न नलाएको गुनासो गरे ।

उनले भने, ‘मालिकहाँ काम गर्न गएको मालिकले काम गर्नु पर्दैन, कोरोना पछि आउनु भनेर फर्काईदिए ।’ काम नगर्दा के खाने र छोराछोरीलाई के खुवाउने चिन्ताले पिरोलेको सुनाए । उनले भने, ‘भाइरस लाग्नु भन्दा पहिला भोकले नै मर्ने होला, माक्स र साबुन त दिनुभयो, खाद्यान्नको लागी पनि पहल गरिदिनु¥यो ।‘ भन्दै अनुरोध गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *