TodayPati

महोत्तरीमा हजारौ घरपरिवारलाई समाजवादी युवा संघको मास्क र साबुन सहयोग

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

महोत्तरीको पिपरा गाउँपालिकामा लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

समाजवादी पार्टीको भातृसंगठन समाजवादी युवासंघले मास्क र साबुन वितरण गरेको हो । पिपरा गाउँपालिका–१ खैरबामा ५ सय ६० घरपरिवार, एकहरियामा ४ सय १० घरपरिबार, वडा नम्बर–२ स्थित अलिपतटीमा २ सय १५ घरपरिबार, वडा नम्बर ६ रतौली, रतनपुर, रहमानपुरमा ३ सय २५ घरपरिबारलाई साबुन र मास्क वितरण गरिएको अध्यक्ष राहुल पाण्डेले जानकारी दिए ।

Sponsored

यस्तै वडा नम्बर–७ बनौली स्थित २ सय घरपरिबारलाई समेत राहत वितरण गरिएको हो । पुर्व स्वास्थय राज्यमन्त्री डा. सुरेन्द्र यादवको सहयोगमा १ हजार, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोज सिंह कुशवाहाको सहयोगमा ८ सय र जिल्ला अध्यक्ष नागेन्द्र यादवको सहयोगमा १ हजार मास्क वितरण गरिएको हो ।

यस्तै असहाय संरक्षण मंच जनकपुरका अध्यक्ष बैद्यनाथ साहको सहयोगमा ३ सय मास्क वितरण गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *