TodayPati

प्रदेश २ मा बिरामीलाई उपचार नगर्ने निजी हस्पिटलको लाइसेन्स खारेज हुने

टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।

कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी अस्पताल तथा निर्सिंग होमको लाइसेन्स खारेज हुने भएको छ । कोरोना संक्रमणको बेला बिरामीको स्वास्थ्यसंग निजी अस्पताल तथा नर्सिंगहोमले बिरामीको स्वास्थ्य खेलवाड गर्न थालेपछि प्रदेश २ सरकारले यस्तो निर्णय लिएको हो ।
संकास्पद बिरामीको उपचार नगर्ने तथा बिरामीलाई फर्काउने अस्पताल तथा नर्सिङ्घ होमको लाइसेन्स खारेजीसम्मको कार्वाही गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालय प्रदेश २ ले बुधबार आठै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी कोरोना महामारी र कडाउनको अधि भर अर्को व्यवस्था नहुन्जेल उपचार गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङ होमलाई नियन्त्रणमा लिइ स्वास्थ्य सेवा नियमित सचालन गर्न र गराउन निर्देशन दिएको छ ।
लकडाउनको अवधिमा कतिपय अस्पतालले संकास्पद बिरामीको उपचार नगर्दा काठमाडौं लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको कारण मन्त्रालयले यस्तो निर्णय लिएको हो ।
मन्त्रालयले आठवटै प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा भनिएको छ ‘विद्यमान कोभिड–१९ को महामारीले अक्रान्त बनाइएको यस विषम परिस्थितीमा उपरोक्त किसिमका घटनाहरु भइरहँदा राज्य केबल मुकदर्शक बनेर बस्न सक्दैन् ।’

Sponsored

विरामीहरुसँग समान्य मानवोचित व्यवहार नगरी न्युनतम व्यवसायिक धर्म समेत निर्वाह नगरेको देखिएको हुनाले त्यस्ता अस्पताल तथा नर्सिङ होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कार्वाही प्रक्रिया अगाडी बढाउन प्रदेश २ सरकारले निर्देशन जारी गरेको आन्तरिक मामिला मन्त्रालया सचिव कृष्णहरी पुस्करले जानकारी दिए ।

काम कारर्वाही प्रक्रिया आगाडी बढाउन जिल्ला प्रशासनलाई माथिल्लो निकायको कार्यक्षेत्र÷विशेषको हकमा माथिल्लो निकाय पदाधिकारी समक्ष तत्काल सिफारिस गरी पठाउन समेत मन्त्रालयले निर्णय गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *