धनुषामा यात्रुबाहक बस दुर्घटना भएर आगो लाग्यो, १२ यात्रु घाइते
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २४ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषामा यात्रुबाहक बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । दुर्घटना पश्चात बसमा आफै आगो लागेर पूर्ण रुपले जलेको छ ।
तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित बुधबार बिहान ८ बजे दुर्घटना भएको हो ।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक छन । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।
बस अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार १२ जना घाइते भएका छन् । उनीहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका प्रहरीले जनाएको छ ।
Sponsored
घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार सडकबाट तल खसेको बसमा आफै आगो लागेर जलेको हो । बस पल्टेपछि तेलको ट्यांकी फुटेर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ ।
आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।