TodayPati

धनुषामा मोटरसाइकल दुर्घटनामा घाइते तीन मध्ये बटेश्वरका एक युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २३ गते ।

धनुषामा दिपावलीको दिन भएको मोटरसाइकलको दुर्घटनामा गम्भिर घाइते तीन युवक मध्ये एकजनाको उपचारको क्रममा मृत्युु भएको छ ।

उपचारको क्रममा गम्भीर घाइते बटेश्वर गाउँपालिका वडा नं. १ बस्ने रामप्रकाश महतोका १७ वर्षीय छोरा रमेश कुमार महतोको मृत्यु भएको हो ।

Sponsored

उपचारको क्रममा सोमबार विराटनगरस्थित विराट हस्पिटलमा मृत्यु भएको परिवारजनले जनाएको छ ।

घटनामा अन्य २ गम्भीर घाइते युवकको काठमाण्डौमा उपचार भई रहेको छ ।

गएको बिहीबार दिपावलीको दिन मिथिला नगरपालिका–८ कुसुमविसौनामा दक्षिणतर्फ जाँदै गरेको बा. ७५ प. ५५२० नम्बरको २२० पल्सर मोटरसाइलले उत्तरतर्फ आउँदै गरेको प्र.२–०२–००२ प ११७० नम्बरको सुपर स्पलेन्डर मोटरसाइकलमा ठक्कर दिएको थियो ।

Sponsored

पल्सरले दिएको ठक्करबाट सुपर स्पलेन्डर मोटरसाइकलमा सवार भई दिपावलीको समान किन्न गएका बटेश्वर गाउँपालिका–१ चित्रपुर लवकुशचोक बस्ने रमेश र १७ वर्षीय रंजित कुमार महतो र पल्सर मोटरसाइकलको पछाडि सवार मिथिला नगरपालिका–८ बस्ने १८ वर्षीय अभिषेक कुमार महतो गम्भिर घाइते भएका थिए ।

ठक्कर दिने पल्सर मोटरसाइकलका चालक मिथिला नगरपालिका–८ बस्ने २० वर्षीय कृष्णकुमार महतो सडक छेउमै रहेको परालमा उर्छिटिएर परेपछि उनी सकुशल रहेका छन् ।

कृष्णकुमार महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरले कार्तिक १८ गते दुर्घटनास्थलबाटै पक्राउ गरेको छ । तिव्रगतिका कारण २२० पल्सर मोटरसाइकलका चालकले गाडी नियन्त्रण गर्न नसक्दा ठक्कर दिएको घटनाका प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

घाइतेहरुमध्ये रंजित कुमार महतो र अभिषेक कुमार महतोको अवस्था समेत चिन्ताजनक रहेको जनाएको छ ।
लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरमा कक्षा १० मा अध्ययनरत जेहेन्दार विद्यार्थी रमेश कुमार महतोको मोटरसाइकलको ठक्करले उपचारको क्रममा मृत्यु भएको शोकमा सोमवार विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजदेव महतोले बताए ।

रमेशकुमार महतोको मृत्यु भएको शोकमा दिनभर लवकुश चोकका सम्पूर्ण पसल तथा कारखाना र उद्योगहरु बन्द गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *