TodayPati

जानकी मन्दिर दर्शन गर्दै गृहमन्त्री खाँडले भने ‘सुरक्षामा आन्तरिक र बाहिरी चुनौती’

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २३ गते ।

गृहमन्त्री बालकृष्ण खाँडले सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गएको बताएका छन् ।

मंगलबार बिहान जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका नेता समेत रहेका गृहमन्त्री खाँडले यस्तो कुरा बताएका हुन् ।

Sponsored

उनले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्य हुन जरुरी रहेको धारणा राखे ।

सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको वैठकबारे जानकारी समेत गृहमन्त्री खाँडले गराए ।

अर्को प्रसंगमा उनले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे ।

Sponsored

‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु’ मन्त्री खाँडले भने ।

राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ,’ उनले भने, ‘जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मद्यत पुग्छ । जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’

उनले राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *