TodayPati

मन्दिरमा दियोमा बत्ती बाल्ने क्रममा आगो लागेर सिरहामा महिलाको मृत्यु

टुडेपाटी
सिरहा, चैत १९ गते ।

सिरहामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिकास्थ्ति –१ मुक्सार बरडाँडागाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोबाट गाम्भीर घाइते भएकी उनको मंगलवार मृत्यु भएको हो ।

Sponsored

सोमवार साँझ आगोमा जलेर गम्भीर घाइते भएकी थिइन् ।

शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्रहरी निरीक्षक पुरीले बताए ।

Sponsored

यता, मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *