TodayPati

अमेरिकामा कोराेनाबाट मृत्यु हुनको संख्या ३ हजार ६ सय ६ पुग्यो

टुडेपाटी-
काठमाडौं, चैत १९ गते ।
अमेरिकामा नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले मृत्यु हुनको संख्या यसको उद्गस्थल मानिएको चीनको भन्दा माथि पुगेको छ । संक्रमितको संख्या झन् दोब्बर भएको हो ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ६ पुगेको हो । चीनमा यो संख्या अहिलेसम्म ३ हजार ३ सय ९ रहेको बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणले सबैभन्दा बढी न्युयोर्कमा ९३२ जनाको मृत्यु भएको छ । यस्तै न्युजर्सीमा २४७ र वासिङटनमा १५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Sponsored

हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमतिको संख्या पनि चीनको भन्दा दुई गुणा बढी भइसकेको छ । अमेरिकामा कोरोना भाइरसबाट १ लाख ८७ हजार ९ सय १९ जना संक्रमित भइसकेका छन् भने चीनमा यो संख्या ८२ हजार २७८ मात्र रहेको छ ।

यसरी कोरोना भाइरसको सुरुवात भएको चीनमा भन्दा आफ्नो देशमा बढी मानव क्षति भएपछि अमेरिकाले कोरोना रोकथाम अभियानलाई ३० दिन लम्ब्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका लागि आगामी २ हप्ता अन्यन्त चुनौतीपूर्ण भएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘देशमा एउटा अभूतपूर्व चुनौती देखापरेको छ, हामी एउटा घातक भाइरससँग युद्ध गरिरहेका छौं ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *