TodayPati

उपेन्द्र यादवले मधेशको मत बेचेको अरगरियाको आरोप

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १७ गते ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले मधेशको मत बेचेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाकशंकर अरगरियाले आरोप लगाएका छन् । मधेशी जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि उपेन्द्रले समानुपातिकमा दिइएको मत बेचेको बताएका छन् ।


धनुषाको औरही गाउँपालिकामा स्थित आयोजित कार्यक्रममा प्रतिनिधी सभा सदस्य अरगरियाले उपेन्द्रले मधेशको समानुपातिक मतलाई काठमाडौं गएर बेचेको बताए ।


उनले भने, ‘भोट हाम्रो धनुषा जिल्लाको । तर सांसद राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौला बने । मधेशको मत बेचिएको हो कि होइन ?’
अरगरीयाले आफू जसपामा हुँदा उपेन्द्रले जय मधेश नभन्न सिकाएको भन्दै उनले भने, ‘‘काठमाडौंको एउटा बैठकमा मैले जय मधेशभन्दा संघीय अभिभावदन भन्न भनियो ।

Sponsored

उपेन्द्र यादव मधेश जाँदा मधेश भन्ने, लिम्मुबानमा गएर लिम्मुबान भन्ने तर पार्टीभित्र संघीय अभिभावदन भन्न सिकायो ।’


अरगरीयाले उपेन्द्र यादव सरकारमा हुँदा सरुवा बढुवा गर्नको लागि समेत मधेशी जनतासँग रकम लिएको आरोप लगाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *