TodayPati

सर्लाहीमा प्रहरीद्वारा एकलाख भन्दा बढीको पटाका नष्ट


टुडेपाटी–
जनकपुरधाम, कार्तिक १६ गते ।

सर्लाहीमा प्रहरीले एक लाख भन्दा बढीको पटाका नष्ट गरेको छ । तिहार नजिकिएसँगै जिल्लामा भित्राइएको पटाका प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बिभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले बरामद गरेको १ लाख ११ हजार बराबरको पटाका मंगलबार नष्ट गरेको जानकारी दिए ।

Sponsored

जिल्ला प्रहरी कार्यालय र सो मातहतका कार्यालयबाट खटेको प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट नागिन पटाका, रकेट, चक्कर, छुरछुरी, फुलझरी लगायतका पटाका बरामद गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *