TodayPati

महोत्तरीमा ढोकाको पलामा चेपिएर ९ वर्षीय बालकको मृत्यु


टुडेपाटी–
जनकपुरधाम, कार्तिक १६ ।

महोत्तरीमा ९ वर्षीय बालकको ढोकाको पलामा चेपिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मटिहानी नगरपालिका वडा नं. १ धिरापुरका प्रवोध साहका छोरा आयुस कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

आज विहान आमासँग घर सरसफाई गर्ने क्रममा ढोकाको पलामा बालकको घाँटी अड्केपछि घाईते भएका थिए ।

घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वलर लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिएका छन् ।

पोष्टमार्टम पश्चात शवलाई परिवारको जिम्मा लगाई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *