TodayPati

जनता मावि नक्टाझिजको अभिभावक भेला सम्पन्न, ५० लाख दिने सांसद महतोको घोषणा

विनोद महतो-
धनुषा, कार्तिक १५ गते ।

धनुषाको मिथिला नगरपालिका वडा नं। २ स्थित जनता माध्यमिक विद्यालयमा सोमबार वार्षिक अभिभावक भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवं नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोको प्रमुख आतिथ्यमा भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Sponsored

जनता माध्यमिक विद्यालयमा पहिलो पटक भव्यताका साथ वार्षिक अभिभावक भेला सम्पन्न भएको र विद्यलायको विकास तथा पढाईप्रति अभिभावकहरुको चासो बढ्दै गएको स्थानीयहरुले बताएका छन् ।

सो भेलामा विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमको प्रगति, आर्थिक अवस्था, आम्दानीका स्रोत र खर्च व्यवस्थापनको विवरणहरु प्रस्तुत गरिएको थियो ।

यस्तै विद्यालयमा विद्यार्थी संख्याको आधारमा वर्तमान अवस्थामा देखिएको शिक्षक र कर्मचारी अभाव, कक्षाकोठा, स्वच्छ खानेपानीको अभाव लगायतको विषयमा समेत वक्ताहरुले चासो व्यक्त गरेका छन् ।

Sponsored

यस्तै विद्यालयमा शिक्षक अभाव पूर्तिका लागि विद्यार्थीहरुबाट वार्षिक रुपमा शुल्क लिने निर्णयलाई स्वीकृत गरेको छ । विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पढाउने शिक्षक अपुग भएपछि विद्यालय व्यवस्थापन समिति र सरोकारबालाहरुको गत असोज ७ गतेको संयुक्त बैठकबाट तत्काल स्वयम सेवक शिक्षक पदपूर्तिका लागि विद्यार्थीहरुबाट वार्षिक शुल्क लिने निर्णय गरेको थियो ।

सो अवसरमा विद्यालयका केही विद्यार्थीहरुलाई सम्मान समेत गरिएको विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी दिएका छन् ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य शत्रुधन महतोले विद्यालयमा कक्षाकोठा अभावको समस्या सुनेपछि भौतिक संरचना निर्माणका लागि संसदीय कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सो ५० लाख रुपैयाँले विद्यालयमा भौतिक संरचना अन्तर्गत कक्षाकोठाहरु निर्माण गरिने उनले बताए ।

सांसद महतोले यसअघि गत आर्थिक वर्षको संस्दीय बजेटबाट विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशला निर्माणका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

सो पैसाले हाल विद्यालयमा २ तल्ले अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरी संचालनमा ल्याइएको छ । सांसद महतो सो भवन र प्रयोगशलाको समेत उद्घाटन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *