बरिष्ठ नेता भण्डारीको उद्घोष : ‘लोसपाबाट भंगहा नगरको मेयरका उम्मेदवार पुनः संजिव साह’
टुडेपाटी-
महोत्तरी, कार्तिक १५ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता सरतसिंह भण्डारीले प्रदेश २ सरकार यथासिघ्र प्रदेश २ को नाम र स्थायी राजधानी लगाउनुपर्ने बताएका छन् ।
सोमबार लोसपा नगरकमिटी भंगहाले सीतापुर बजारमा दिपावली, छठ पर्व तथा सामाचकेवा पर्वको अवसरमा आयोजन गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले अहिले प्रदेश २ सरकार दुई तिहाइ बहुमतको भएकाले नाम र राजधानी टुंगो लगाउन खासै समस्या नहुने बताएका हुन् ।
उनले प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम नै राख्ने गरी सरकारले प्रस्ताव अघि सारे लोसपाले त्यसमा सहयोग गर्ने उद्घोष गरे ।
अर्को प्रसंगमा नेता भण्डारीले भंगहा नगरपालिकाको मेयर संजिव साहको चारवर्षमा गरेको विकासमुखी कामको प्रसंसा गर्दै अगामी टिकट उनैले पाउने घोषणा गरे ।
उनले भने ‘मेयर संजिवको साहको कामले जनता खुसी छन् । उनको पक्षमा जन उभार छ । म लोसपाको वरिष्ठ नेताको हैसितले घोषणा गर्छु अगामी स्थानीय तहको निर्वाचनमा पुनः मेयरका लागि संजिवसाहलाई नै लोसपाले टिकट दिन्छ’
Sponsored
उनले मधेशीको हकअधिकारको कुरामा सरकार जहिले पनि विभेद गर्ने गरेको उनको भनाइ छ ।
सभालाई सम्वोधन गर्दै मेयर साहले पिछडिएका जातजाती समुदायलाई आफुले उच्च प्राथमिकतामा लिएर अघि बढिरहेको बताए ।
लोसपाका भंगहा नगर कमिटी अध्यक्ष भरत यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रको प्रमुख अतिथि वरिष्ठ नेता भण्डारी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिधिको रुपमा प्रतिनिधिसभा सदस्य निर्जला राउत, प्रदेश सांसद जैलुन राइन, मेयर साह, युवा नेता ज्ञानेन्द्र झा ज्ञानु लगायत लोसपाका वडाध्यक्ष जनप्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा भंगहा नगरपालिकाको गाउँगाउँबाट लोसपाका हजारौं नेताकार्यकर्ता, नगरबासी सहभागि भएका थिए ।