अब जनकपुरधाममै १२५ प्रकारको जाँच हुने
टुडेपाटी–
जनकपुरधाम, कार्तिक १५ गते ।
जनकपुरधाममा अब १ सय २५ प्रकारको जाँच हुने भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आफ्नो सेवा विस्तार गरेसँगै जाँचको लागि अन्य ठाउँ धाउने समस्या घटने भएको छ ।
सोमबार एक कार्यक्रमका बिच प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले सर्र्ने रोग, नसर्ने रोग, गुणस्तर नियन्त्रण, तालिम तथा सम्पूर्ण प्रयोगशाला जाँचहरुको सेवा सञ्चालन शुभारम्भ गरेका छन् ।
मन्त्री साहले प्रदेश २ को स्वास्थ्य स्थितीमा सुधार गर्नको लागि आज यो सेवाहरु सञ्चालन गरिएको बताए । उनले कोरोनाको कारणले हुने कुरााहरु पनि हुन नसकेकोले अहिले आएर पुनः काम थालेको बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको मुख्य उदेश्य नै प्रदेशमा पब्लिक हेल्थ, ल्यावोरेटरी सर्भिस र केमिकल रिलेटेड हेल्थ सर्भिसको सुरुवात गर्नु रहेको बताए ।
उनले अब यस प्रयोगशालामा एचआइभी भाइरल रोग, हेपाटाइटिज ‘बि’, हेपाटाइटिज ‘सी’, टेवरक्लोसिस लगायतका जाँचको सुरुवात भएको बताए । उनले अब आफुहरु प्रदेशको पालिकाहरुमा समेत सेवा विस्तार गर्ने क्रममा रहेको बताए ।
जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको मेसिनरी प्रयोग गर्नको लागि दक्ष जनशक्तिको लिने काम समेत पुरा भइसकेको छ । मिश्रले यहाँ रिक्त रहेको ह्युमन रिर्सोस, प्याथोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोकेमिष्ट, हेमाथोलोजिष्टहरु भर्ना भइसकेको बताए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सुरुमा कोरोना परीक्षण मात्र गरिएपनि अहिले आएर बायो केमिष्ट्री डिपार्टमेन्ट, इन्डोक्राइनलोजि डिपार्टमेन्ट, माइक्रोबायोलोजि डिपार्टमेन्ट, हेमाटोलोजि डिपार्टमेन्ट, मोलेकुलर बायोलोजि डिपार्टमेन्ट लगायतको सुरुवात भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अब १ सय २५ किसिमको जाँच हुने भएको छ ।
अब थाइरोइडको जाँच, भिटामिन ए, भिटामीन बि, ट्युमर मार्कर, हार्मोन, प्याप, अटोमेटेड ब्लड कल्चर, अटोमेटिक टिस्यु प्रोसेसिङ्ग, एचआइभी भाइरल लोड लगायतका सेवा प्रयोगशालामा सुरु भएको छ ।