TodayPati

भारतको अयोध्यामा जानकी लिला प्रदर्शन गर्न मिनापले भारत गर्यो प्रस्थान

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १४ गते ।
भारतको अयोध्यामा गीति नाटक प्रदर्शन गर्न मिथिला नाट्यकला परिषदको टोली भारतको लागि प्रस्थान गरेको छ । भारतको उत्तरप्रदेशको अयोध्यामा तेस्रो पटक प्रदर्शन गर्नको लागि मिनापको टोली आइतवार प्रस्थान गरेको छ ।

मिनापको टोलीमा संगीत तथा गायनका लागि सुनील मल्लिक, ललित कामत, रामनारायण ठाकुर, संगीता देव, विरेन्द्र झा, चन्दन चौधरी, ललन झा, रामको भुमिका निर्वाह गर्ने मुकेश ठाकुर, सीताको भुमिका निर्वाह गर्ने नेहा झा, लक्ष्मणको भुमिका निर्वाह गर्ने आलोक मिश्र, सुत्रधनको भुमिका निर्वाह गर्ने परमेश झा र मदन ठाकुर मिनापटको टोलीमा रहेको छ । त्यस्तै सुनीता पासवान, तमन्ना चौधरी, माही तनवीर खान, सोनु मण्डल, नेहा मण्डल, धीरज ठाकुर, सन्नी राउत, रोहित साह, बब्लु राउत बिष्णुकान्त मिश्र, गंगाकान्त झा, सुरेन्द्र राय, सञ्चारकर्मी श्यामसुन्दर शशी टोलीमा रहेका छन् ।

दिपावलीको अवसरमा अयोध्यामा उत्तरप्रदेश सरकारले आयोजना गर्न लागेको दीपोत्सवमा मिनापले आफ्नो गीति नाटक जानकी लीला प्रस्तुत गर्नेछ । १ नोभेम्बर बाट सुरु हुने सो कार्यक्रम ५ दिनसम्म चल्ने छ । जसमा भारतसहित ४ देशको टोली राम लीला प्रस्तुत गर्नेछ । यद्यपि मिनापले माता सीतासँग जोडेर जानकी लीलाको प्रस्तुति दिनेछ ।

नेपालबाट मिनापले प्रतिनिधित्व गर्न लागेको हो । दीपोत्सवमा श्रीलंका र फिलिपिन्सको टिमको समेत प्रस्तुति रहनेछ ।
अयोध्यामा आयोजना हुने दीपोत्सवमा ९ लाख दियो बाल्ने उत्तर प्रदेश सरकारको योजना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *