मटिहानीमा लाखौको लागतमा पार्क निर्माण हुदै
टुडेपाटी-
महोत्तरी, कार्तिक १४ गते ।
महोत्तरीको एतिहासिक तथा साँस्कृतिक नगर मटिहानीमा लाखौको लागतमा पार्क निर्माण कार्य थालिएको छ ।
मटिहानीमा ५५ लाख ३३ हजारको लागतमा आधुनिक किसिमको पार्क बनाउन लागिएको हो ।
साढे ५ सय बर्ष पुरानो राजगुठ्ठी अन्तर्गत पर्ने लक्ष्मीनारायण मठको अगाडि चभचा पोखरीको डिलमा आकर्ष पार्क निर्माणका लागि महिहानीका मेयर हरिप्रसाद मण्डलले शिलान्यास गरेकाहुन् ।
पार्क निर्माणले लक्ष्मीनारायण मठ र चभचा पोखरीको सौन्दर्यकरणमा थप सहयोग पुग्ने छ ।
शिलान्यास कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६,७ र ८ का वडाध्यक्षहरू, नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय कुमार साह, महोत्तरी उधोग वाणिज्य महासंघका अध्यक्ष मोहन प्रसाद गुप्ता, नेकपा एमालेका नेताहरू शंकर साह, जुगेश्वर खत्वे , लोसपाका नेता रामकुमार मंडल, जसपाका नेता नागेन्द्र लाल कर्ण सहित कार्यपालिका सदस्यहरू तथा नगरपालिका वडा सदस्यहरु उपस्थित थिए ।
Sponsored