कार्तिक भित्रै बाढीपहिरोबाट १२१ जनाको मृत्यु, बेपत्ता भएका २८ जना अझै भेटिएन
टुडेपाटी-
काठमाडौं, कार्तिक १४ गते ।
कार्तिक भित्र देशभर बाढीपहिरोबाट १ सय २१ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपा भएका छन् ।
कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाले उक्त क्षति भएको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो।
वर्षाले सबैभन्दा बढी पूर्व र पश्चिम क्षेत्र प्रभावित भएको थियो। ठूला–ठूला पहिरा गएका थिए।
Sponsored
प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
बेपत्ताको खोजी तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।