मिर्चैयामा सरकारी गाडीको चरम दुरुपयोग, कमर्चारीका छोरालाई स्थानीयले गाडीसहित समाते
विनय यादव-
सिरहा, कार्तिक २ गते ।
सिरहाको मिर्चैया नगरपालिकाका एकजना कर्मचारीका छोरालाई स्थानीयले सरकारी गाडीसहित समातेर प्रहरीमा बुझाएका छन् ।
मिर्चैया नगरपालिकाको स्थास्थ्य शाखाका उपप्रमुख विजय महतोका छोरालाई सेता नम्बर प्लेटका गाडीसहित समातेर प्रहरीमा बुझाएका हुन् । नगरपालिकाको प्रदेश २ ०१ ००१ब ०२१२ नम्बरको मोटरसाइक उपप्रमुख महतो चढ्छन् ।
तर, स्थानीयले सोमबार बेलुकी उक्त मोटरसाइकलमा उनका छोरालाई गुडिरहेको देखेपछि कटारी चोकमा उनलाई समाते ।
प्रहरी त्यहीँ भएपनि गाडी नियन्त्रणमा लिन चाँसो नलिएपछि स्थानीयले दवाव दिएपछि मात्रै प्रहरीले गाडी नियन्त्रणमा लियो ।
गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
Sponsored
मिर्चैया नगरपालिकामा सरकारी गाडीको दुरुपयोग व्यापक रुपमा भइरहेको छ । तर, यसप्रति प्रहरी प्रशासन मौन रहँदै आएको स्थानीयको गुनासो छ ।