आज मुस्लिम समुदाय ‘मोहम्मद डे’ मनाउँदै, प्रदेश २ मा सार्वजनिक विदा
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २ गते ।
मुस्लिम समुदायले आज ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइ रहेका छन् ।
मोहम्मदको जन्मजयन्तीको अवसरमा प्रदेश २ सहित देश तथा विदेशका इस्लाम धर्मावलम्वीले बाजागाजा र झण्डासहित प्रदर्शन गर्ने गर्दछन् ।
मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।
प्रदेश २ सरकारको क्यालेन्डरमा कार्तिक २ गते महम्दको जन्म दिनको अवसरमा विदा रहेको छ ।
Sponsored
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।
गत बैशाख २ गते बसेको प्रदेश २ सरकारको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।