धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लुटपाट
टुडेपाटी-
महोत्तरी, असोज ३० गते ।
कुस्ती खेलमा भएको विवादलाई लिएर महोत्तरीमा एक रेफ्रीको घरमा संघातिक आक्रमण तथा लुटपाट भएको छ ।
महोत्तरीको भंगहा नगरपालिका ८ अनारवनका कुस्ती खेलका रेफ्री तथा साहित्यकार श्याम यावदको घरमा शुक्रबार साँझ आक्रमण भएको हो ।
साँझ साढे ७ बजेको समयमा स्थनीय रामछबिला यादव, उनका बहिनी ज्वाइँ महोत्तरीकै लोहारपट्टी नगरपालिका १ बगरकाका वडासचिव सर्वोस यादव, सर्वेसका भाई राजिशरण यादव (पहलमान), रामछबिलाका भाई आयुर्वेद स्वास्थ्यकर्मी सुशील यादव लगायतले घरमाथि आक्रमण गरेर लखौं लुटपाट गरेको पीडित श्याम यादवले बताए ।
पीडित श्याम यादवका अनुसार ६५।७० जनाको समूहमा भाटा, घरेलु हतियारसहित आएका उनीहरुले घरमाथि आक्रमण गर्दै घर भित्र समेत पसेर केहि बाकसमा तोडफा गरी गरगहना र नगदसहित पाँचलाख भन्दा बढीको समसमान लुटेर लगेका हन् । अढाइ तोला सुन र १ लाख ९६ हजार रुपैयाँ लुटेर उनीहरुले लगेको श्याम यादवको आरोप छ ।
आक्रमणबाट श्याम यादवका दाई सुरेन्द्र यादव र रामबाबु यादवलाई चोटपटक लागेको छ । घरका अन्य सदस्यहरु घर भित्र लुक्दा बाँच्न सफल भएको पीडित श्यामले बताए ।
Sponsored
आक्रमण गर्ने पक्षले शनिबार बिहान श्याम यादवको ज ८ प ४७०९ नम्बरको मोटरसाइकल समेत खोसेका छन् । श्यामका भतिज औषधि ल्याउन परडिया गएको बेला रामछबिला पक्षले मोटरसाइकल खोसेको श्याम यादवले बताएका छन् ।
घरमा आक्रमण भएको घटनाको प्रहरीचोकी लोहारपट्टीले पुष्टि गरेको छ । प्रहरीचोकीका इन्चार्ज सई रामकुमार यादवले श्याम यादवको घरमा अक्रमण भएको र त्यसबाट क्षति समेत भएको बताए ।
बाकसहरु तोडफोड भएको समेत आफुहरु घटनास्थलमा पुगेर हेरेको उनको भनाइ छ । ती पक्षले मोटरसाइकल समेत खोसेको र मोटरसाइकल नियन्त्रणमा लिएर बुझाएको सइ यादवले बाए ।
घरमा आक्रमण भएको घटना पश्चात पुग्दा उल्टै प्रहरीलाई सुरक्षा दिन नसकिने भन्दै हप्काएपछि प्रहरी फर्केको उनको भनाइ छ । याता पीडित परिवारले आफुहरुलाई सुरक्षा दिनुको साटो उल्टै आएर धम्काएको आरोप लगाएको छ ।
घटना बटेश्वर गाउँपालिका वडा नंं. ५ स्थित दुर्गा पुजाको अवसरमा आयोजन भएको कुस्ती खेलमा रेफ्रीको विवादलाई लिएर भएको बुझिएको छ । कुस्ती खेलमा लोहारपट्टी नगरपालिका १ का वडाध्यक्ष राजिशरण यादव पहलमान रेफ्री थिए । त्यस अघि श्याम यादव रेफ्री रहेका थिए । राजिशरण यादवलाई कुस्ती खेल आयोजक समितिले हटाएका थिए । आयोजकले रेफ्रीबाट हटाएकै निहुमा आफ्नो घरमाथि राजिशरणको समूहले आक्रमण र लुटपाट गरेको पीडित श्याम यादवले बताए ।
महोत्तरीका ए्रहरी उपरीक्षक दिनेश आचार्यले दुई पक्षबबीच मेलामा भएको विवादलकोे विषायमा नै पुन : गाउँमा बिबाद भएको बताए ।
सई यादवका अनुसार दुबैपक्षबिच लामोसमयदेखि मुद्दामुकाबिला तथा दुसमनी चलिरहेकोले मेलाबाट फर्केपछि बिबादको र सोही क्रममा यस्तो घटना भएको हो ।
घटना पश्चात जिल्ला प्रहरीबाट दुबै पक्षलाई पठाउन निर्देशन आएकोले सोह िअनुसार गर्ने उनले बताए ।