TodayPati

धनुषामा हिन्दु र मुस्लिम समुदायले सामूहिक टीका लगाएर मनाए दसैँ

टुडेपाटी-
जनकपुरधाम, असोज ३० गते ।

धनषामा हिन्दु र मुस्लिम समुदायले सामूहिकरुपमा दसैँको टीका लगाएका छन् ।

दशशमीको अवसरमा धनुषाधाम नगरपालिका ५ नौसयबिघाका हिन्दु–मुस्लिम समुदायले शुक्रबार एकापसमा मिलेर दसैँ टीका लगाएका हुन् ।

Sponsored

उनीहरुले टीका लगाउनुको साथै शुभकामना आदानप्रदान गरेका छन्।

‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरिएको टीका कार्यक्रममा हिन्दुले मुस्लिमलाई र मुस्लिमले हिन्दुलाई दशैंको टीका लगाएर शुभकामना आदानप्रदान गरेका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए।

मेयर मण्डलले पनि कार्यक्रममा उपस्थित हिन्दु–मुस्लिम समुदायका नागरिकलाई टीका र जमरा लगाएर आशिर्वाद दिएका थिए। सामूहिक टीका कार्यक्रममा तीनसय धन्दा धेरैको उपस्थित थियो। कार्यक्रममा करिब ६० जना मुस्लिम समुदायका नागरिकले दसैँको टीका लगाएका थिए।

Sponsored

मेयर मण्डलले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म, संस्कृति र परम्परालाई एकअर्को समुदायले सम्मान गर्नुपर्ने बताए।

कार्यक्रमका संयोजक शंकर यादवले हिन्दु समुदायले मात्र दसैँमा टीका लगाउने चलनलाई मधेशी तथा अन्य समुदायले सम्मानकासाथ ग्रहण गरुन् भनेर सामूहिक टीका कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *