पूर्वराजा शाह र पूर्वराष्ट्रपति यादवले लगाए टीका
टुडेपाटी-
काठमाडौं, असोज २९ गते ।
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् ।
बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरे ।
पूर्वराजा शाहले प्रा. डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् । रासस
Sponsored