TodayPati

रौतहटमा बाघ आतंक : १ जनाको मृत्यु, ५ जना घाइते

टुडेपाटी-
रौतहट, असोज २१ गते ।

रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । रौतहटको लमाहा जंगलमा बिहीबार बिहान चन्द्रपुर ६ का यज्ञ बहादुर रायमाझीलाई बाघले आक्रमण गरेको हो ।

बिगत ६ महिनामा आक्रमणबाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन् ।

Sponsored

लमाहा पुल नजिकै पुर्व पश्चिम राजमार्गमा साईकलमा घाँस दाउरा लिन जंगल जाँदै गर्दा बाघ देखिएको र भाग्न खोज्दा पछाडीबाट बाघले आक्रमण गरेको घाइते रायमाझीले जानकारी दिए ।

बाघले पछाडीबाट झम्टिएपछि बन्चरोले बाघलाई हानेर भागेको उनले बताए ।

आक्रमणमा परी घाइते भएका रायमाझीको सिभिल हस्पिटल चन्द्रपुरमा उपचार भइरहेको छ । घाइतेको दुवै हातको पाखुरामा बाघले चिथोरेको छ ।

Sponsored

केही महिनाअघि चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारिएका थिए भने जिल्लाको उतरी भेग चन्द्रपुर, गुजरा नगरपालिकामा पछिल्लो समय बाघले आक्रमण गर्दा ५ जना घाइते भइसकेका छन् ।

वनमा बाघहरु रहेकाले बन प्रवेश गर्दा तथा राजमार्गमा यात्रा गर्दा चनाखो रहन जिल्ला वन कार्यालय रौतहटले सवैमा आग्रह गर्दै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *