बजाजको नयाँ शोरुम भंगहाको सीतापुरमा
टुडेपाटी–
जनकपुरधाम, असोज २१ गते ।
महोत्तरीको भंगहा नगरपालिका-५ स्थित सीतापुर बजारमा बजाज कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ । भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बिहीबार एक समारोहकाबीच नयाँ शोरुम श्रेया इन्टरप्राइजेजको उद्धघाटन गरेका हुन् ।
आज घटस्थापनाको अवसरमा श्रेया इन्टरप्राइजेजको उद्धघाटन गर्दै मेयर साहले सधै उन्नती प्रगतिको कामना गरेका छन् । उनले आफ्नो पालिकाभित्र कुनै ठाउँमा बजजाको शोरुम सञ्चालनमा नरहेकाले शोरुम सञ्चालकलाई धन्यवादसमेत व्यक्त गरे ।
करिब १ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको शोरुममा बजाज कम्पनीको सबै किसिमको मोटरसाइकल उपलब्ध हुने शोरुम सञ्चालक अमनकुमार सिंहले बताए ।
उनले बजाज कम्पनीको मोटरसाइकलको बजारमा अत्यधिक माग रहेका कारण आफूले सीतापुर बजारमा पहिलो बजाजको एजेन्सी सञ्चालनमा ल्याएको बताए ।
सञ्चालक सिंहका अनुसार अरु ठाउँभन्दा आफ्नो शोरुममा विशेष छुटको व्यवस्था गरिएको छ । प्रत्येक मोटरसाइकल खरिदमा एउटा नमस्तेको सिमकार्ड र टिसर्ट निःशुल्क दिने सिंहको भनाइ छ ।
Sponsored
हाल पल्सर, डिस्कोभर, प्लाटीनासहितको ६० वटा मोटरसाइकलसम्म उक्त शोरुममा राखिने क्षमताको एजेन्सी सञ्चालनमा ल्याइएको छ भने फाइनाइन्सकोसमेत सुविधा रहेको छ ।