घटस्थापनाको दिन सप्तरीको विभिन्न स्थानमा हजारौंको सहभागीतामा कलश यात्रा
टुडेपाटी-
सप्तरी, असोज २१ गते ।
आजदेखि नेपालीहरुको महानचाड विजयादशमी शुरु भएको छ । सोहीक्रममा सप्तरीसहित देशभरका विभिन्न शक्तिपिठहरुमा श्रदालु भक्तजनहरुको भिड बिहानैदेखि लागेको हो ।
मुलुकमै प्रसिद्ध मानिएको सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवतीको मन्दिरमा समेत बिहानैदेखि सयौं श्रदालु भक्तजनहरु पुजाआजा गर्नको लागि आएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
विगत दुईवर्ष यता कोरोना महामारीका कारणले भएको बन्दाबन्दीले भक्तजनको सङ्ख्यामा कमी आएपनि यसवर्ष अवस्था साम्य रहेको तथा सिमावर्ती नाकाबाट सवारीसाधन सन्चालनमा आएपछि यसवर्ष भक्तजनहरुको भिड बढने पिठाधिशको कथन छ ।
त्यस्तै सोही अवसरमा सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियास्थित कुनौली नाकामा दशैंको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी दशैं मनाउँदै आएका छन् । सोही क्रममा आज हजारौंको सहभागीतामा बृहत् कलश यात्रा निकालिएको स्थानीय युवा नेता सूर्यनारायण यादव बताए ।
Sponsored
वडाअध्यक्ष सत्यनारायण यादवको नेतृत्वमा हजारौंको सहभागीतामा सो कलश यात्रा निकालिएको हो । बोर्डरबाट निकालिएको सो कलश यात्रा रम्पुरा ,मल्हनिया ,डलवा हुँदै कोशीमा जल लिएर भगवती मन्दिरमा रिसाल गरेको थियो ।
त्यस्तै वडा दशैं अवधिभर विभिन्न धार्मिक तथा नाचगान कार्यक्रम गरिनुका साथै भव्य मेलासमेत लगाइने गरेको आयोजक कमिटीले जनाएको छ ।
प्रत्येक वर्ष झैं यसवर्ष पनि सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरको डिहवारथान पोखरी तथा नव दुर्गा भगवती मन्दिरमा हजारौंको सहभागितामा कलश यात्रा निकालिएको आयाजक कमिटीका सन्तोषकुमार यादवले जानकारी दिए ।
वडाअध्यक्ष बिनोद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादवसहितको अगुवाइमा हजारौंको सहभागितामा निकालिएको सो कलश यात्रा बरहि बिरपुरको परिक्रमा पश्चात् कोशी पश्चिमि नहरमा जल रिसाल गरेर पुनः मन्दिर परिसरमा पुगेका थिए ।
यसवर्ष सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिर,भगवती मन्दिरलगायतका जिल्लाभरिका विभिन्न शक्तिपिठहरुमा दशैंको अवसरमा विभिन्न कार्यक्रम गरी विजयादशमी मनाइरहेका छन् ।