धनुषाको बटेश्वरमा २५ बेडको क्वारेन्टाइन निर्माण
टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाले २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । वडा नम्बर–५ स्थित रहेको काली जनजनज्योती विद्यालयमा २५ वेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।
गाउँपालिकाको विपद व्यवस्थापन समितीको सोमवार विहान बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।
सोमवार नै क्वारेन्टाइनकालागि चाहिने समाग्रीहरुको व्यवस्थापन गरी २५ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिए ।
बैठकले गाँपालिका क्षेत्रभरी महामारी रोकथामका लागि किटनाशक औषधी समेत छर्किने निर्णय गरेको उनले बताए ।
भारत लगायत खाडी मुलुकबाट पछिल्लो समय फर्केका व्यक्तिहरुको खोजी गरी क्वारेन्टाइनमा राख्ने निर्णय समेत भएको गाउँपालिका अध्यक्ष राउतले बताए ।
Sponsored
उनीहरुका लागि खाने, बस्ने र उपचारका लागि सम्पुर्ण व्यवस्था गरिएको उनको भनाइ छ । विपद व्यवस्थापन समितीको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला देवी महतो, प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, वडानम्बर १ का अध्यक्ष शैलेन्द्र महतो, २ का अध्यक्ष गांगालाल कुँवर, ३ का अध्यक्ष हिरालाल महतो, ४ का अध्यक्ष दिपरमण दाहाल र ५ का अध्यक्ष शिवकरण यादव लगायतका उपस्थिती रहेको थियो ।